Logo

काठमाडौंमा १० जनामा हैजा पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकाका ९ ठाउँमा हैजा देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको छ ।

कार्यालयका अनुसार काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको कार्यालयका स्रोतले बतायो । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।

यो सँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्