Logo
Logo

गण्डकी प्रदेशमा बिओकेको घरदैलो कार्यक्रम



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण नागरिकलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेको छ । बैंकले गण्डकीअन्तर्गतका विभिन्न शाखा कार्यालयको सक्रियतामा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

घरदैलोमा हालै सार्वजनिक गरेका दुई निक्षेप योजनाहरूको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरूको जानकारी प्रदान गरिएको बैंकले जनाएको छ । घरदैलोमा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । बैंकले आकर्षक विशेषतासहित चार गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाताका बारेमा जानकारी गराएको जनाएको छ । उक्त चार गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुविधासहित दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा रहेको जनाइएको छ ।

साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम ब्याजदर आठ दशमलव ०३ प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै निःशुल्क सेवाबारे जानकारी गराएको जनाइएको छ । बैंकको गण्डकी प्रदेशअन्तर्गतका बाग्लुङ, बेनी, दमौली, खैरेनीटार, पोखरा, सुन्दरबजार, पावरहाउस, बगर तथा वालिङलगायत शाखा कार्यालयहरूले आफ्नो नजिकका स्थानहरूमा घरदैलो कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

हाल बैंकले देशभरमा एक सय तीन शाखा, ९७ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्