Logo
Logo

केन्ट आरओ वाटर प्युरिफायरले हैजाको नियन्त्रणमा मद्दत गर्ने



काठमाडौं । केन्ट आरओ प्युरिफायरले धाराकोे पानी वा बोरवेलको पानीमा रहेको भाइरस तथा ब्याक्टेरियालाई नष्ट गर्न सक्ने क्षमता भएको कम्पनीले जनाएको छ । यो पानीलाई शुद्ध बनाउनका लागि घुलनशील अशुद्धता मात्र हटाउने नभई भाइरस र ब्याक्टेरियाजस्ता रोगजन्य कीटाणुहरूलाई पनि नष्ट गर्ने वाटर प्युरिफायर हो ।

यसले बजारमा सबैभन्दा राम्रो वाटर प्युरिफायर भएका कारण विभिन्न गुणस्तर प्रमाणपत्र र पुरस्कारहरू प्राप्त गरेको कम्पनीले जनाएको छ । यो वाटर प्युरिफायमा आरओ, युभी, युएफ, टिडिएस कन्ट्रोलसहितको बहुशुद्धीकरण प्रक्रिया रहेको कम्पनीको दाबी छ ।

त्यस्तै, यसले आवश्यक खनिजहरूको अवधारण गर्ने, पानी सफा र शुद्ध राख्न भण्डारण ट्यांकीमा युभी एलइडी रहेको जनाइएको छ । यस्ता सुविधा र गुणहरूले गर्दा केन्ट आरओ वाटर प्युरिफायरहरूलाई शुद्ध पिउने पानी र हैजाजस्ता पानीजन्य रोगहरूबाट बचाउनका लागि आदर्श उपकरण मानिएको कम्पनीको दाबी छ ।

हैजाको जोखिम कारकहरूमा अशुद्ध पिउने पानी, कम सरसफाइ र असुरक्षित खाना रहेका हुन्छन् । हैजा संक्रमित पानीले संक्रमण गरी पिउने सबैलाई बिरामी पार्न सक्ने सम्भावना रहन्छ । केन्ट आरओमा शुद्धीकरण गरिएको पानीले हैजाको रोकथाममा महत्वपूर्ण हुने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्