Logo
Logo

ग्रामिण भेगका विद्यार्थीहरुलाई हिमालयन बैंकको ५ लाख रुपैयाँ सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । हिमालयन बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्न ग्रामिण भेगका विद्यार्थीहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुको गुणस्तरीय शिक्षाको लागि टिच फर नेपाल नामक संस्थाको सहयोगमा आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर जबराले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका छन् ।

बैंकले आफ्नो स्थापनाकाल देखि नै अनाथादय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति, चेतना मुलक कार्यक्रम आदिमा सहयोग तथा राहत सामाग्री उपलब्ध गराउदै आएको छ । यस्तै टिच फर नेपालले “एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने मुल मन्त्रका साथ अगाडी बढीे हालसम्म विभिन्न ६ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरु पठाई ३०००० भन्दा बढि विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाएको छ ।

हाल बैंकको शाखा संख्या ५९ वटा, एटिएम संख्या १२१, २६०० भन्दा बढि कार्ड मर्चेन्टहरु र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्