Logo
Logo

बजेटमाथि छलफल रोकिएपछि एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा



पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । सत्तारुढ दलहरुको विवादका कारण बजेटमाथि छलफल रोकिएपछि एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा मागेको हो ।

बुधबार एमालेले पत्रकार सम्मेलन गरी अर्थमन्त्री रामजी बरालले मुख्यमन्त्रीकै निर्देशन र मन्त्रिपरिषदको निर्णयलाई नै उल्लंघन गर्दै सरकार निरीह बनाएको आरोप लगाएको छ ।

फाइल फोटो

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले बजेट सार्वजनिक गरेपछि छलफलको प्रक्रियामा जानुपर्नेमा सत्तासीन पार्टीभित्रै र अर्थमन्त्री र मुख्यमन्त्रीबीचको विवादका कारणले बजेट छलफल रोक्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् । नीति तथा कार्यक्रम पारित गर्ने बेलामै सरकार संकटमा परेको उनको भनाइ छ ।

नीति तथा कार्यक्रम पेस हुँदा सरकारकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य अनुपस्थित थिए । उनलाई मनाएर नीति तथा कार्यक्रम पास गरेको सत्तारुढ गठबन्धनमा अहिले बजेटको विवाद छ ।

अर्थमन्त्री रामजी बरालले एकलौटी गरेको, मन्त्रालयले सिलिङभित्र रहेर पठाएको कार्यक्रम काटेको, मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको निर्देशन अवज्ञा गर्दै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएको भन्ने सत्तापक्षबीच नै विवाद हुँदा प्रदेशसभामा बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।

‘कि अर्थमन्त्रीलाई कारबाही गर्न सक्नुप¥यो कि मुख्यमन्त्रीले राजीनामा दिनुप¥यो,’ पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता गुरुङले भने, ‘होइन भने दुई पार्टीले यसरी मिलौँ भनेर मन्त्री फेर्नुप¥यो ।’

प्रतिक्रिया दिनुहोस्