Logo
Logo

भ्रष्टाचार मुद्दा लागेपछि त्रिविका कर्मचारीद्वारा आत्महत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ साउन ।
त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका त्रिवि सेवा आयोगका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीको आत्महत्या गरेका छन् । हाम फालेर उनले आत्महत्या गरेका हुन् ।

त्रिपुरेश्वरस्थित राधा भवनबाट हाम फालेर उनले आत्महत्या गरेका हुन् । भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले बताए ।
आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक–पटक हेरफेर गरेको आरोपमा उनीसहित पनिकाका १० अधिकारीविरुद्ध गत १८ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारको बयानमा पाण्डेले प्रशासन प्रमुख परशुराम कोइरालाको निर्देशनमा आफुले नम्बर हेरफेर गरेको बयान दिएका थिए । उनी पारिवारीक तनावमा समेत थिए ।

प्रतिक्रिया दिनुहोस्