Logo
Logo

वर्षाका कारण धापलाङ-धरतूङ सडक अवरुद्ध, सेवाग्राहीलाई सास्ती



खोटाङ् । खोटाङ् जिल्लाको बराहपोखरी गाउँपालिकाको धाप्लाङ्गदेखि धर्तुङ्ग जाने बाटो पहिरोका कारण अवरुद्ध भएको छ। लगातार वर्षाका कारणले गर्दा उक्त सडकमा पहिरो गएपछि सडक अवरुद्ध भएको वडा नम्बर २ का अध्यक्ष पदम मगरले जानकारी दिए।

वडा अध्यक्षका अनुसार अबिरल बर्षाले गर्दा धापलाङ/धरतूङ सडक बिभिन्न ठाउँमा अबरोध भएको छ । उक्त सडक हरेक वर्ष वर्खा लागेसंगै अवरुद्ध हुने गरेको छ। वर्खाभन्दा अन्य समयमा भने उक्त सडकमा राम्रोसँग चल्ने वडा अध्यक्ष मगरले जानकारी दिए।

धाप्लाङ्गदेखि धर्तुङ्ग जाने बाटो अविरल वर्षाले गर्दा विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा यात्रा गर्न असहज भएको छ । विशेष गरी सडक अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने मानिसहरुले सास्ती भोग्न परेको छ।

उक्त सडक पटक-पटक निर्माण भए पनि दिर्घकालिन रुपमा भने संचालन हुन सकेको छैन । पालिका जाने मुख्य सडककै रुपमा रहेको उक्त सडक वर्षाले गर्दा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्न परेको छ।

प्रतिक्रिया दिनुहोस्