काठमाडौं । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङस्थित सिम्लेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले असार १७ गते शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उदुघाटन गरेको हो । यो शाखासँगै बैंकको शाखा सञ्जाल १६५ पुगेको छ ।

उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य एवं माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । ्
उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालको पनि उपस्थिति थियो । धादिङ जिल्लामा खोलिएको नयाँ शाखासँगै धादिङमा मात्रै बैंकका ४ शाखा सञ्चालनमा रहेका छन् । माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
नयाँ शाखामार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुका साथमा २४सै घण्टा एटिएम सेवा पनि उपलब्ध गराउँदै आएको छ । माछापुच्छ्रे बैंकले हाल देशका सातवटै प्रदेशमा १६५ शाखा, आठ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।











