Logo
Logo

विनोद शाहीको हत्या आरोपमा मेयर चलाउनेसहित ७ जना पक्राउ


18.1k
Shares

नेपालगञ्ज । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्याको आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् । शाही गत जेठ १७ गतेदेखि हारइरहेकामा २१ गते मृत भेटिएका थिए ।

शाहीको मृत्यु घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले मेयर चलाउने सहितलाई नियन्त्रणमा लिएको हो । शाहीको हत्या भएको भन्दै नगरप्रमुख चलाउनेसहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

यसअघि जाहेरी दर्ता भएकामध्ये पाँचजनालाई पक्राउ गरेको थियो । अन्य दुईजनालाई शनिबार नियन्त्रणमा दिल्को जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । जसमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्