Logo
Logo

छुट्टै भेला बोलाउने बाबुराम भट्टराई समूहको तयारी


1.8k
Shares

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले छुट्टै भेला बोलाउने भएका छन् । फुटको संघारमा पुगेको जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कमिटिको बैठक बोलाएपछि डा. भट्टराईले पनि छुट्टै भेला बोलाउने तयारी गरेका हुन् ।

लामो समयदेखि देखिएको पार्टीको आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको जसपा लगभग फुट्ने निश्चित छ । डा. भट्टराई र यादवबीच गत बुधबार भेट भएको थियो । उक्त भेटमा भट्टराई र यादववीच पार्टी फुटाउने अर्थात् अलग हुने सहमति भएको थियो ।

अध्यक्ष यादवले मन्त्री हेरफेरको तयारी गरेका छन् भने यही २७ र २८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । तर भट्टराई समूह भने उक्त बैठकमा नजाने र आफ्नो पक्षको छुट्टै भेला आयोजना गर्ने तयारीमा जुटेको छ।

जसपा फुटको संघारमा पुगेपछि भट्टराई भने माओबादी केन्द्रमा फर्किने तयारीमा लागेका छन्। अध्यक्ष प्रचण्डसँग यसअघि पनि उपराष्ट्रपति निवासमा १ घण्टा छलफल गरेका थिए।

उक्त छलफलमा भट्टराई जसपाबाट अलग भएर आउने र प्रचण्डले पनि भट्टराईलाई माओबादीमा आउन आग्रह गरेका थिए। पछिल्लो समय प्रचण्ड पुर्वमाओबादीहरु एकता गर्न आवश्यक रहेको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्