Logo
Logo

कांग्रेस स्वार्थी, एकीकृत समाजवादीले धेरै माग्यो : प्रचण्ड


10k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताएका छन् ।

आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै उनले कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको, नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गरेको आरोप लगाएका छन्।

अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टीले तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको बताए । कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार नहुँदा रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा माओवादी बलियो भएका ठाउँमा अरु दलसँग मिलेर माओवादीलाई हराउन लागेको बताए ।

कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा नदिँदा अत्यधिक म तबदर भएको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्