Logo
Logo

आफूमाथि छानबिन गर्न डा. गोविन्द केसीको माग


4.3k
Shares

Dr. Govinda KC Photo: THT File

काठमाडौं । डा. गोविन्द केसीले आफूहरूमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन् । एमबिबिएसलगायत चिकित्सा शिक्षा अध्ययनका लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई सम्पत्ति आर्जन गरेको आरोप लगाएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

त्यस्तैगरी सम्पत्ति विदेशमा लुकाएको अफवाह फैलिएको भन्दै डा. केसीले आफूहरूमाथि छानबिन गर्न माग गरेका हुन् ।

पटकपटक खड्गप्रसाद ओली स्वयम तथा विभिन्न आवरणमा रहेका उनको भ्रष्ट गिरोहका सदस्यले हामीमाथि एमबिबिएसलगायत चिकित्सा शिक्षाको अध्ययनको लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको भन्ने अफवाह फैलाएको हुँदा प्रथमत सो अवफाहमा किन्चित पनि सत्यता नभएको केसीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्