
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आर्थिक वर्ष २०७९–८० को बजेट निर्माण समयको सीसीटीभी फुटेज आफै डिलिट भएको भन्नु अपराध संज्ञा दिएका छन्।
अर्थ मन्त्रालयले संसदमा बजेट प्रस्तुत गर्ने जेठ १५ गतेको अघिल्लो दिन बजेटमा सिल लगाउने जेठ १४ गतेकोको सीसीटीभी फुटेज डिलिट भएको जवाफ दिएपछि प्रमुख सचेतक भट्टराई लेख्छन्, ‘आर्थिक वर्ष २०७९/ ८० को बजेट तयारी हुदै गर्दा जेठ १४ गते मध्यराति दुइजना अनाधिकृत ब्यक्तिहरु प्रवेस गरी अत्यन्त गोप्य रहनुपर्ने करका दरहरु नितान्त आफ्नो र केहि खास ब्यापारिक घरानाको हितमा परिवर्तन गरे ।’
उनले लेखेका छन्, ‘CCTV Footage मेटियो भन्नु अर्को अपराध
आर्थिक वर्ष २०७९/ ८० को बजेट तयारी हुदै गर्दा जेठ १४ गते मध्यराति दुइजना अनाधिकृत ब्यक्तिहरु प्रवेस गरी अत्यन्त गोप्य रहनुपर्ने करका दरहरु नितान्त आफ्नो र केहि खास ब्यापारिक घरानाको हितमा परिवर्तन गरे । देश, जनता , नेपालका राष्ट्रिय उधोगप्रति गद्धारी गरेको हुनाले हामीले सम्सदमा CCTV Footage माग गरेको र उपभोक्ता हित सम्रक्षण मन्चले सुचना माग गरेकोमा आज अर्थ मन्त्रालयले १३ दिनमै मेटियो भनेर जवाफ दिएको पाइयो । यो प्रचलित कानूनको घोर उल्लङ्घन र अर्को गद्धारी भएको छ ।यो अपराध कर्ममा संलग्नहरुलाइ कार्वाही गर ।’











