Logo
Logo

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट


2.5k
Shares

काठमाडौं । तत्कालीन नेकपाका पाँच सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो ।

उक्त भेटघाटमा राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्