
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले व्यापारीको बजेट ल्याएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका ओलीले भने, ‘यो त देशको बजेट होइन । यो त व्यापारीको बजेट भयो । निश्चित घरानाको बजेट भयो । यस्तो बजेट बनाउन अर्थ मन्त्रालयका कर्मचारीको भर परिएन ।’
बजेट बनाउँने क्रममा यति अनैतिक कार्य विश्वमा कतै नभएको ओलीको दाबी छ ।











