Logo
Logo

गठबन्धन देशका लागि अभिशाप : ओली


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शार्मा ओलीले सत्ता गठबन्धन देशको लागि अभिशाप भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले सरकारले गठबन्धन ठिकाउनबाहेक अरु केही काम गर्ने नसकेको टिप्पणी गेर ।

राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप भएको उनको भनाइ छ । उनले भने, ‘आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ? एउटा दल विशेषका स्वार्थ, गठबन्धन विशेषका स्वार्थको बाली काट्ने, फसल उठाउँने ठाउँ हो यो देश ? राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप हो ।’

सरकार गठबन्धन टिकाउने संकल्पमा मात्रै रहेको उनको आरोप थियो । गठबन्धनमा कुनै गन्तव्य नभएको, देशका लागि केही गर्ने अठोट संकल्प केही नभएको उनले बताए ।

किसानले मल पाउँदैनन्, महँगी बढेको छ तर पनि सरकार बेखबर बन्ने गरेको उनको आरोप छ । उनले भने, ‘सरकारको एउटै संकल्प गठबन्धन टिकाउनेमात्र छ ।’ देशका लागि गर्नुपर्ने अठोट, संकल्प सरकारसँग केही नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्