
काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका ४ जना मन्त्रीमध्ये ३ मन्त्रीलाई फिर्ता बोलाएका छन् । जसपाले ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ३ मन्त्रीलाई समेत सरकारमा पठाईसकेको छ।
जसपाका ४ मन्त्रीमध्ये एक मन्त्रीले किन राजीनामा दिएनन् भन्ने प्रश्न उठेको छ । जसपाबाट सरकारमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले राजीनामा दिएनन् । श्रेष्ठ सामान्य प्रशासन मन्त्री कायम हुने भएका छन् ।
जसपाका एक नेताका अनुसार श्रेष्ठ पार्टीका अध्यक्ष उपेन्द्र यादव निकट नेता भएकाले मन्त्री पद जोगिएको हो । श्रेष्ठ यसअघि अशोक राई पक्षमा थिए । एक नेताका अनुसार जसपामा पहाडी मुलको अर्को सांसद नभएकाले पनि श्रेष्ठको पद जोगिएको अनुमान गरिएको छ ।











