Logo
Logo

अशोक राईको श्रीमतीलाई मन्त्री बनाउने उपेन्द्रको योजना असफल


185.7k
Shares

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ। जसपा लगभग फुट्ने निश्चित छ । जसपा विभाजन हुने पक्का भएपछि पार्टीका वरिष्ठ नेता अशोक राई भने उपेन्द्र यादवसँगै रहने भएका छन् ।

कुनै समय डा. बाबुराम भट्टराई नजिक मानिने नेता राई पार्टी विभाजन हुने भएपछि जसपामै रहने भएका छन् । जसपाले सरकारमा सहभागी ४ मन्त्री मध्ये ३ मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाईसकेका छन् ।

एक नेताका अनुसार अध्यक्ष यादवले नेता राईका श्रीमतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । अध्यक्ष यादवले नेता राईका श्रीमती सुशीला श्रेष्ठलाई मन्त्री बनाउन प्रस्ताव गरे पनि अन्तमा गैर सांसदलाई मन्त्री बनाउन नहुने भन्दै विरोध भएपछि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्