काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गठन गरेको वार्ता समिति भंग गरिएको छ । तत्कालका लागि वार्ता र संवादका काम सकेकोले उक्त वार्ता टोली हालै भंग गरिएको राप्रपाले जनाएको छ ।

वार्ता समितिलाई समान विचारधारा भएका व्यक्ति समूह, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्य गर्ने जिम्मेवारी केन्द्रीय समितिले दिएको थियो ।
वार्ता समिति अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री राणाको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । समितिले विभिन्न पार्टी र व्यक्ति तथा समूहसँग वार्ता र संवाद गरेर राप्रपामा समाहित पनि गरेको थियो ।











