
काठमाडौं । जनता समाजवादी (जसपा)का नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा भौतिक पुर्वाधार मन्त्री इस्तियाक राई, कृषि मन्त्री मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै उनीहरुलाई नियुक्त गरेका थिए । सपथ लगत्तै उनीहरुले सोमबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।











