काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । फुटको संघारमा पुगेको जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बैठक बोलाएपछि डा. भट्टराई समूहले पनि बैठक बोलाएको हो ।

यादव पक्षले असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी बैठक बोलाएका छन् भने डा. भट्टराई पक्षले असार २९ र ३० गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको एक नेताले जानकारी दिए ।
उपेन्द्र यादवले बोलाएको बैठकको बारेमा सबैलाई जानकारी नगराएको र एकलौटी रुपमा बैठक बोलाएको कारण त्यसमा डा. भट्टराई पक्षको उपस्थिति नहुने एक नेताले जानकारी दिए । जसपा विभाजन हुने कि के हुने त्यसको निर्णय विस्तारित बैठकले गर्ने डा. भट्टराई निकट एक नेताले जानकारी दिए ।











