Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

अर्थमन्त्री चौतर्फी विरोधदेखि ओमिक्रोन भेरियन्ट पुष्टिसम्म


819
Shares

१. बजेट निमार्ण बेलाको सीसीटीभी फुटेज डिलिट गरेपछि अर्थमन्त्री जनार्दन शर्माको चौतर्फी विरोध, कांग्रेसका महामन्त्री गगन थापाद्वारा राजीनामा माग, स्वेच्छाले राजीनामा नदिए प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने भनाइ, अर्थमन्त्रीलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन एमाले उपमहासचिव प्रदीप ज्ञवालीको माग, बजेट निमार्णमा अर्थमन्त्रीले ठूलै चलखेल गरको आरोप ।


२. पेट्रोलियम पदार्थको खपत कम गर्न नेपाल आयल निगमको १० प्रस्ताव, एकपटकमा मोटरसाइकललाई पाँच र कार तथा जिपलाई २० लिटर मात्रै दिन, निजी सवारी साधनमा जोरबिजोर प्रणालीमा सञ्चालन गर्न, शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न, विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न, राष्ट्रिय राजमार्गहरुमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्न प्रस्ताव ।


३. सत्ता गठबन्धन देशको लागि अभिशाप भएको नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीको भनाइ, सरकार गठबन्धन टिकाउने संकल्पमा मात्रै रहेको आरोप, गठबन्धनमा कुनै गन्तव्य नभएको र देशका लागि केही गर्ने संकल्प नभएको दाबी, अर्थतन्त्र डामाडोल पारेर देशद्रोह गरेको टिप्पणी, अनैतिक गतिविधि रेकर्ड भएको सीसीटीभी फुटजे डिलिट गरको भन्दै अपत्ति ।


४. जनता समाजवादी (जसपा)का नवनियुक्त तीन मन्त्रीले लिए सपथ, भौतिक पुर्वाधार मन्त्री इस्तियाक राई, कृषिमन्त्री मृगेन्द्र यादव र वनमन्त्री प्रदीप यादवद्वारा पदभार ग्रहण, इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका विषयमा देखिएको समस्या अध्ययन गर्ने नवनियुक्त यातायात मन्त्रीको निर्णय ।


५. नेपालमा पहिलोपटक भेटियो कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट, धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक अध्ययनमा ओमिक्रोन भेरियन्टको भेटिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासद्वारा जानकरी, भेरियन्टबारे अध्ययन हुँदै, महाशाखाले पनि जीन सिक्वेन्सिङ अध्ययन गर्दै, जीन सिक्वेन्सिङको रिपोर्ट आउन केही दिन लाग्ने ।


६. नेकपा माओवादी केन्द्र ‘भ्रष्टहरुको अखडा’ भएको केन्द्रीय सदस्य सुदन किरातीको टिप्पणी, अध्यक्षको वरिपरि घुमेर ठग्नेहरुले पार्टीलाई बदनाम बनाएको अभिव्यक्ति, पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन नसक्ने जिकीर, नेताको आचरणले राजनीति बिद्रुपीकरण भएका कारण लोकतन्त्र मानिसको जीवन पद्दति बन्न नसकेको दाबी ।


७. काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १९ पुग्यो, कागेश्वरी मनोहरामा, बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी, कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा हैजा पुष्टि, काठमाडौंका धारा, इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीमा दिसामा हुने जीवाणु इकोलाई भेटियो ।


८. नेप्से परिसूचक पुनः ओरालो लाग्यो, केही दिन उकालो लागेको नेप्से परिसूचक आज ९.७५ अङ्कले घटेर दुई हजार ७६.६७ मा झर्यो, सेन्सेटिभ परिसूचक पनि २.८९ अंकले ओरालो लागेर ३९५.९४ कायम, २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता शेयर चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँमा कारोबार, १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा वृद्धि ।


९.चीनद्वारा क्यानडालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह, हङकङ मामिला पूर्णतया चीनको आन्तरिक मामिला भएको चिनियाँ दूतावासको भनाइ, इन्धनको चरम संकटका कारण श्रीलंकाका सबै सरकारी र निजी विद्यालय बन्द, अस्ट्रेलिया प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाउने प्रावधानलाई हटाइयो, उडानको अवधिमा सबैले मुखमा मास्क भने लगाउनुपर्ने ।


१०. अमेरिकामा फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित, एनएसी फुटबल प्रतियोगिताको फाइनलपछि चारै जना बाल्टिमोर काउन्टीअन्तर्गत डिस्ट्रिक्ट आठद्वारा सम्मानित, राष्ट्रिय महिला फुटबल टोलीका कप्तान रेनुका नगरकोटी प्रशिक्षणका क्रममा घाइते, भदौं १३ देखि २५ सम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप गुमाउने सम्भावना ।

प्रतिक्रिया दिनुहोस्