Logo
Logo

माछापुच्छ्रे बैंकले कमायो एक अर्ब ७० करोड मुनाफा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ७० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४/७५ मा माछापुच्छ्रेले एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सेयरधनीलाई बाँड्न मिल्ने नाफा एक अर्ब ३२ करोड आर्जन गरेको जनाएको छ । एक वर्षमा बैंकले ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ अर्ब निक्षेप संकलन र ६२ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

आठ अर्ब पाँच करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४५ अर्ब रुपैयाँ रहेको छ । बैंकको बेसरेट १०.३७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असार मसान्तमा ११.०६ प्रतिशत रहेको थियो । कर्जा निक्षेप अनुपात ७६.९८ प्रतिशत र प्रति सेयर आम्दानी २१.१५ रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा ०.४४ बाट ०.३७ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्