Logo
Logo

जसपाको केन्द्रीय समिति बैठक सर्‍यो


1.5k
Shares

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक एक दिन पछि सरेको छ । वीरगञ्जमा हुने केन्द्रीय समितिको बैठक मुस्लिम समुदायको पर्व बकर इद परेकाले एक दिन बैठक सारिएको एक नेताले जानकारी दिए ।

यसअघि २८ र २९ असारमा तोकिएको बैठक अब २९ र ३० असारमा सारेको हो । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षले पनि २९ र ३० गते पार्टीको विस्तारित बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्