Logo
Logo

एकतावद्ध कम्युनिष्ट आन्दोलनको आवश्यकता


2k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले गत असार १३ र १४ गते बसेको केन्द्रीय परिषदको प्रथम बैठकबाट वाम एकताका लागि वार्ताको ढोका खुला राख्ने निर्णय गर्यो ।

करिव १६ सय नेता सहभागी बैठकले विभिन्न पार्टी र समूहमा आवद्ध र क्रियाशील रहेका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिका लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकतावद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न सबै क्रान्तिकारीहरूमा अपिल गरेको छ ।

नेकपा विभाजनपछि एमालेबाट विद्रोह गरेर जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टीको निर्णयलाई सबैले स्वागत गरेका छन् ।

लगत्तै, असार १९ गते सुरु भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तित्वहरूको तत्काल मोर्चा निर्माण गर्ने प्रस्ताव राखेका छन् ।

एकीकृत समाजवादीको लाइनसँग मिल्ने गरी प्रचण्डले समाजवादी वैकल्पिक क्रान्तिकारी धार निर्माणको कार्यदिशा अगाडि सारेका छन् । समाजवादी क्रान्तिकारी धारले प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्यत् प्रतिगामी प्रवृत्तिलाई पराजित गर्ने छ ।

दुई कम्युनिष्ट पार्टीको संस्थागत धारणा सार्वजनिक भएसँगै तत्कालीन नेकपाका बहुमत सदस्यहरू वाम एकताको अभ्यासमा लागिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच आइतबार हात्तीवनमा वाम ध्रुविकरणको विषयमा छलफल भएको छ ।

नेकपा ब्युँताउने र बलियो कम्युनिष्ट पार्टी निर्माण गर्ने अभिभारा पाँच नेताको काँघमा छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानले सहकार्यको मोडालिटी तयार गरेर समाजवादी क्रान्तिकारीलाई एकतावद्ध गराउनुपर्छ । आम परिवर्तनकारी जनसमुदायलाई एकतावद्ध हुन सामूहिक अपिल गर्नुपर्छ ।

वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधिनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन र कांग्रेससँगको गठबन्धनलगायतका विषयमा पाँच नेताबीच छलफल भएको छ । छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।

नेकपा ब्युँताउने र बलियो कम्युनिष्ट पार्टी निर्माण गर्ने अभिभारा पाँच नेताको काँघमा छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानले सहकार्यको मोडालिटी तयार गरेर समाजवादी क्रान्तिकारीलाई एकतावद्ध गराउनुपर्छ । त्यसका लागि तत्कालै आम परिवर्तनकारी जनसमुदायलाई एकतावद्ध हुन सामूहिक अपिल गर्नुपर्छ ।

एमालेभित्रका क्रान्तिकारी शक्तिलाई पनि यो अभियानमा जोड्नुपर्छ । यसले एमालेभित्रको दक्षिणपन्थी अवसरवादी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्यत प्रतिगामी प्रवृत्तिलाई पराजित गर्ने छ ।

देशको परिस्थिति, कम्युनिष्ट शक्तिको वर्तमान स्थिति र स्थानीय तह निर्वाचनको परिणामले वाम शक्तिलाई पुनः एक ठाउँमा उभ्याउनुपर्ने अवस्थामा पु¥याएको छ ।

कम्युनिष्ट शक्ति कमजोर हुँदा आधारभूत तहका जनताको सपना मर्छ, विदेशी हस्तक्षेप बढ्छ र राष्ट्रियता कमजोर हुन पुग्छ । तसर्थ, एकतावद्ध कम्युनिष्ट आन्दोलनले मात्र देश र जनताको हितमा काम गर्न सक्छ ।

०७४ सालमा एमाले र माओवादी पार्टीबीच एकता हुन्छ भनेरै नेपाली जनताले दुई तिहाई मत दिएका थिए । तर, त्यसलाई केपी शर्मा ओलीले जोगाउन नसक्दा कम्युनिष्ट सरकार मात्र ढलेन, नेपालको राजनीतिमा एमालेलाई कमजोर समेत तुल्यायो ।

त्यसैले विगतको कमजोरीबाट पाठ सिक्दै सच्चा कम्युनिष्टहरू एक हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्