
१. प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय, बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट विधेयक फिर्ता लिने तयारी, सत्तारुढ गठबन्धनमा रहेका सबै राजनीतिक दल विधेयक फिर्ता लिनेमा सहमत, विधेयक फिर्ता भए राज्यले गरेको लगानी र समय खेर जाने संसद् सचिवालयको भनाइ ।

२. संघ र प्रदेशको निर्वाचन आगामी मंसिर दुई गते गर्दा उपयुक्त हुने निर्वाचन आयोगको निष्कर्ष, बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासामु दुई मिति प्रस्ताव गर्ने तयारी, वैकल्पिक मिति मंसिर पाँच गतेका लागि सिफारिस गर्ने, निर्वाचन एकै चरणमा गर्न सुझाव दिने ।

३. नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बुधबार घोषणा गर्ने तयारी, नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई, नाममा कसैको विमति भए विमतिका रुपमा दर्ज हुने, सहमतिमै पदाधिकारी टुंग्याउने प्रचण्डको प्रस्ताव, मतदानमा जान नहुने शर्त ।

४. रामेछापको सुनापति–५ खनियापानीको लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, नौ जनाको घटनास्थलमै र ४ जनाको धुलिखेल अस्पताल मृत्यु भएको प्रहरीको भनाइ, घाइते २२ जनाको काठमाडौंका अस्पतालमा उपचार हुँदै, धेरैजसोको अवस्था गम्भीर, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान, चालक प्रेमबहादुर घतानी प्रहरी नियन्त्रणमा ।

५. संखुवासभाको मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालाई आजीवन कारावास, लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई आजीवन कारवास, १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावासको फैसला, मृतक परिवारको राहत कोषमा चार जनाले दुई–दुई लाख क्षतिपूर्ति रकमसमेत जम्मा गनुपर्ने ।

६. मलेसियाको विस्र्टन टेक्नोलोजीले शून्य लागतमा नेपाली श्रमिक लैजाने, पहिलो चरणमा चार सय ५० जना लाने, आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल म्यानपावरसँग सम्झौता, घरदेखि मलेसियाको कम्पनीसम्म पुग्ने सबै लागत खर्च बेहोर्ने, मासिक ७० हजारदेखि ९० हजारसम्म तलब पाउने ।

७. काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने सरकारको तयारी, प्रदेश प्रहरीको अधिकार कटौती गरेर संघीय प्रहरीलाई दिने कुनै मनसुवा नराखेको गृहमन्त्री बालकृण खाँणको भनाइ, दैनिक सुरक्षा संवेदनशीलताका घटना बढेकाले उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिन बाध्य भएको अभिव्यक्ति ।

८. जिल्ला र उच्च अदालतलमा न्यायाधीश नियुक्तिको बाटो खुल्यो, न्यायाधीश नियुक्ति सम्बन्धी मापदण्ड पारित, राजपत्रमा प्रकाशित भएपछि लागू हुने, अब छिट्टै न्यायाधीश नियुक्तिको प्रकृया अघि बढाउने कानुनमन्त्री गोविन्द कोइरालाका भनाइ ।

९. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घट्यो, ४६.०८ अंकले ओरालो लागेर दुई हजार ३०.५९ मा झर्यो, सेन्सेटिभ परिसूचक पनि ८.७१ अंकले घटेर ३८७.२३ मा कायम, २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ रुपैयाँमा खरिद बिक्री, १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट ।

१०. युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसको नियन्त्रणमा, युक्रेनी सेना लिसिचांस्क शहरमा फर्किने युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको दाबी, सुडानका लागि संयुक्त राष्ट्रसंघद्वारा मावनीय सहायताको अपिल, कम्तीमा ४० करोड अमेरिकी डलर बराबरको सहायताकाे खाँचाे ।












