Logo
Logo

नेपालमा सवारी दुर्घटनाले महामारीको रुप लिंदै : अध्यक्ष राई


- दृष्टि न्युज/संवाददाता


धनगढी । समृद्विका लागि श्रम शक्तिको सुरक्षा,यात्रु मैत्री व्यवहार र आपसी हार्दिकता भन्ने मूल नाराका साथ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेशको प्रथम भेला शनिबार धनगढीमा सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले पानसमा दिप प्रज्वलन गरेर उक्त भेलाको उद्वघाटन गर्नु भयो ।

उद्वघाटन मन्तव्य व्यक्त गर्नुहुँदै कार्यक्रमका प्रमूख अतिथी राईले नेपालमा सडक दुर्घटनामापरि दश बर्षे जनयुद्ध भन्दा पनि बढी मानिसहरुको मृत्यु दश बर्षको अवधीमा हुने गरेकोले सडक दुर्घटनाले महामारीको भन्दा पनि ठूलो रुप लिन थालेको बताउनुभयो ।

बढ्दो सवारी दुर्घटनालाई कम गर्नका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देश व्यापी रुपमा दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण तथा सचेतनाताका अभियानको थालनी गरेको बताउनु भयो । सो अवसरमा अध्यक्ष राइले विश्वमा प्रत्येक ६ सेकेन्डमा १ जनाको सडक दुर्घटनामापरि मृत्यु हुनेगरेको र प्रत्येक दिन ३५ सय को मृत्यु हुनुका साथै १५ हजार मानिसहरु घाईते हुनेगरेको कहाली लाग्दो तथ्याँक समेत सार्वजनिक गर्नुभयो ।

यसका साथ साथै प्रत्येक बर्ष ५० लाख मानिसको अंगभंग, १३ लाखको मृत्यु हुने गरेको समेत बताउनु भयो । अध्यक्ष रार्ईले नेपालको सन्दर्भमा प्रत्येक दिन ७ देखि ८ को मृत्यु हुने गरेको र एक बर्षमा २५ सय देखि २९ समय सम्म मानिसहरुको सडक दुर्घटनामा परिअकाल्मै मृत्यु हुने गरेको बताउनु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ५ हजार मानिसको सडक दुर्घटनामापरि मृत्यु हुने गरेको समेत सो अवसरमा अध्यक्ष राईले जानकारी दिनु भएको छ ।

सडक दुर्घटनाले समाजलाई पिरोली रहेकोले महामारीको रुपमा रहेको सडक दुर्घटनालाई कम गर्नका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देश व्यापी रुपमा दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतनामूलक प्रशिक्षणका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडी बढाई सकेको बताउनु भएको छ ।

केन्द्रिय अध्यक्ष नेपालमा बढ्दो सवारी दुर्घटनाका कारण चालकको लार्पवाहीलाई मात्र देखाएर चालकलाई यातना दिने र दुख दिने जस्ता अव्यवहारिक कानुनको अन्त्यका लागि संगठनले दवावका कार्यक्रमहरु सञ्चालन गर्दै नीति निर्माणको तहमा पनि पहल गरिरहेको बताउनु भएको छ । नेपालमा सवारी दुर्घटनाका मुख्य चारवटा कारणहरु मध्ये मानवीय, भौतिक,यान्त्रीक र पर्यावरणीय देखिएतापनि भौतिक कारणको अपजस चालकहरुले पाउने र त्यसैको सजाय चालक माथी थोपर्ने परम्पराको अन्त्यको लागि संगठनले नीति निर्माणको तहमा समेत दवावका कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत अध्यक्ष राइले सामे अवसमा बताउनु भयो । साथै अध्यक्ष राईले आम चालकहरुपनि स्वअनुशासित र सभ्य हुँदै यातायात व्यवसायलाई मर्यादित बनाउन सक्ुन पर्ने बताउनु भएको छ ।

उद्वघाटन समारोहमा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले सामाजिक सुरक्षा र श्रम ऐन कार्यान्वयन नहुँदा नेपाली मजदुरहरुले चरम विभेद र संकट व्यहोर्नु परिरहेको धारणा व्यक्त गर्नु भयो । नेपालमा लोकतन्त्र स्थापनाका लागि मजदुर वर्गको ठूलो भूमिका रहँदा रहँदै पनि राज्यले मजदुरहरुलाई हेलाको दृष्टिले हेर्नु दुखको कुरा भएको समेत उपाध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउनु पर्ने ,श्रम ऐनको पूर्ण कार्यान्वयन हुनु पर्ने र गरी खाने मजदुरको पेशागत सुरक्षाको ग्यारेण्टी सरकारले गर्नु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय महासचिव नवराज घिमिरेले नेपालमा बढ्दो सवारी दुर्घटनाका कारण हरेक बर्ष भैरहेको क्षतिलाई कम गर्न संगठनले स्थानीय कमिटीहरु मार्फत सचेतनताका कार्यक्रमहरु अगाडी बढाईरहको बताउनु भयो । उहाँले ३ सय ५९ कमिटी मार्फत एक बर्षमा ४८ हजार मजदुरहरुलाई सडक दुर्घटना न्यूनिकरण सम्बन्धी तालिम दिईने बताउनु भयो । यसको थालनी भैसकेको पनिउहाँले बताउनु भएको छ ।दुर्घटना न्यूनिकरण सबैको दायित्व भएकाले प्रहरी,प्रशासन, सरोकारवाला निकायले आ—आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नु सकेको खण्डमा सडक दुर्घटनामा कमि ल्याउन सकिने बताउनु भएको छ ।

सडक दुर्घटनामा कमि ल्याउन, चालकहरुलाई अनुशासित र सभ्य बनाउनका लागि विभिन्न प्रशिक्षण, सचेतनताका कार्यक्रमहरु देखि लिएर रचनात्मक कार्यहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले गर्दै आईरहेको समेत उहाँले बताउनु भयो । पिडित सवारी चालकहरुका पविारहरुलाई राहत,उद्धार देखि लिएर उपचारका लागि समेत संगठनले सहयोग गर्दै आईरहेको उल्लेख गर्दै महासचिव घिमिरेले भन्नु भयो— अव संगठनले थप रचनात्मक कार्यहरु अगाडी बढाउनका लागि देश व्यापी अभियानको थानली गरिरहेको बताउनु भएको छ ।

सो अवसरमा जिफन्टका सुदूरपश्चिम प्रदेश अध्यक्ष देव बहादुर बम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपश्चिम प्रदेशका ईन्चार्ज एवं केन्द्रिय सचिव जित बहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमूख प्रहरी नीरिक्षक अनिल कुमार उप्रेती, सुन्दर सुदूरपश्चिम प्रालिका बरिष्ठ उपाध्यक्ष गणेश पाण्डेय,धनगढी उपमहानगरपालिका वडानम्बर ३ का कार्यबाहक अध्यक्ष ओम बिक्रम चन्द प्रेस चौतारी नेपाल कैलालीका पूर्व अध्यक्ष तथा युगअस्त्र दैनिकका सम्पादक वीरेन्द्र रावल र सुदूरपश्चिम भलाई कोषका अध्यक्ष केशव पन्त लगायतका व्यक्तिले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रदेश कमिटीका अध्यक्ष ज्ञान बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको उद्वघाटन समारोहको स्वागत मन्तव्य प्रदेश कमिटीका उपाध्यक्ष हर्क बहादुर रावलले गर्नु भएको थियो भने सञ्चालन प्रदेश कमिटीका सचिव ललित चन्दले गर्नु भएको थियो । सोही दिन सम्पन्न अधिवेशनको बन्द शत्रले ललित चन्दको अध्यक्षतामा २२ सदस्यीय प्रदेश कमिटीको चयन गरेको छ । -वीरेन्द्र रावल

प्रतिक्रिया दिनुहोस्