Logo
Logo

निसान र डाटसन गाडीको नयाँ सोरुम ललितपुरको ग्वार्काेमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । काठमाडौं उपत्यकाको निसान र डाटसन गाडीको आधिकारिक बिक्रेता कम्पनी मेगा मोटर्सले ग्वार्काेमा आफ्नो नयाँ सोरुमको उद्घाटन गरेको छ । यस सोरुमको उद्घाटन नेपालमा निसान र डाटसन गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटोकर्पका प्रवन्ध निर्देशक सन्दीप शारदाले गरेका थिए ।

उद्घाटन समारोहमा “मेगा एक्सचेन्ज अफर” पनि ग्वार्कोको नयाँ सोरुममा निसान र डाटसन गाडीका सबै रेन्जहरुमा लागु हुने जनाइएको छ । आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यस स्थानमा सोरुम खोलिएको हो । यो सोरुम मेगा मोटर्सको काठमाडौं उपत्यकाभित्र दोस्रो आउटलेट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्