Logo
Logo

बुढीगंगा नगर : ६ वडाको परिणाम घोषणा, ५ वडामा एमालेले जित्यो



डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा हालसम्म ६ वटा वडाको मतगणना भइसक्दा ५ वटा वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसले भने एउटा वडाध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो परिणाम अनुसार वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार खडक बहादुर अधिकारी निर्वाचित भएका छन् । त्यस्तैगरी वडा नं. ८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेशबहादुर रावल, वडा नंं. २ मा एमालेका उम्मेदवार पदमबहादुर भण्डारी, वडा नंं. १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउद, वडा नं. ९ को वडाध्यक्षमा एमालेका उम्मेदवार मीनबहादुर सिंह, वडा नं. १ को अध्यक्षमा एमालेका उम्मेदवार रणबहादुर थापा निर्वाचित भएका छन् ।

प्राप्त परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ३५१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १ हजार ७८९ मत प्राप्त गरेका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्