लुम्बिनी विकास बैंकले १५औं वार्षिकोत्सवको अवसरमा विभिन्न बित्तीय सचेतनासम्बन्धी नाराका साथ प्रभातफेरी तथा बृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । सो प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौर, राममन्दिरसम्म पुगेर सम्पन्न भएको छ ।

बैंकले चन्द्रागिरी नगरपालिका–१३ को कोलचौरमा कपुर, कल्की, चॉपलगायत विभिन्न जातजातिका गरी १०० वटा बिरुवा रोपण गरेको छ । उक्त वृक्षरोपण कार्यक्रमको शुभारम्भ चन्द्रागिरी नगरपालिका–१३ का अध्यक्ष श्रीकृष्ण खत्री तथा बैकंका अध्यक्ष दशरथ रिसालले गरेका थिए । सो कार्यक्रममा बंैकका सञ्चालक केशव खतिवडा, अन्जुकुमारी गुप्तालगायत बैंकका ब्यवस्थापन समिति र कर्मचारीसमेत वृक्षरोपण कार्यमा सहभागी भएका थिए ।
विकास बैंकले सातवटै प्रदेशमा ८६ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । आफ्ना ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।












