Logo
Logo

कामना सेवा विकास बैंकको ‘केएस डिजी वल्र्ड’ सार्वजनिक


126
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्ने हेतुले अनलाइन पोर्टल (केएस डिजी वल्र्ड) सार्वजनिक गरेको छ । बैंकले असार २२ गतेदेखि केएस डिजी वल्र्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत अथवा मष्नष्धयचमि।पबmबलबकभधबदबलप।अयm मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाइन सेवा प्राप्त गर्न सक्नेछन् ।

केएस डिजी वल्र्डमा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरोशेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्युआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवालगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्