Logo
Logo

विदेशी मुद्रा साट्न प्रभु फोरेक्स


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । विदेशी मुद्रा सटहीका लागि प्रभु बैंकले ग्राहकलाई सहज बनाइएको छ । बैंकले वैदेशिक मुद्रा सटही सुविधालाई सरल बनाउन मोबाइलमार्फत अनलाइन आवेदन गर्न सकिने एप्लिकेशन ‘प्रभु इजी फोरेक्स’ सञ्चालनमा ल्याएको छ । सोमबार एक समारोहका बीच उक्त एप्लिकेशन शुभारम्भ गरेको हो ।

रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि हाल विदेश भ्रमण गर्नेको संख्या बढ्दै गइरहेको छ । जसका लागि वैदेशिक मुद्रा आवश्यक हुन्छ । व्यस्त दैनिकीका बाबजुद पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनु पर्ने बाध्यता रहेको अवस्थामा प्रविधिमैत्री एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ उपयोगी हुने विश्वास लिएको बैंकले जनाएको छ ।

‘प्रभु इजी फोरेक्स’ मोबाइल एप हाल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ भने एप स्टोरमा समेत चाँडै उपलब्ध हुने बैंकले जनाएको छ । उक्त एप उपयोग गरी अनुकुल समयमा तोकिएका शाखा र काउन्टरबाट बैदेशिक मुद्रा संकलन गर्न सकिने छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्थित बैंकको काउन्टरबाट समेत यो सुबिधा उपलब्ध हुने प्रभु बैंकले जनाएको छ ।

चापागाउँ, खैरहनीमा शाखा बिस्तार

यो साता प्रभु बैंकले दुई वटा नयाँ शाखा विस्तार गरेको छ । ललितपुरको चापागाउँ र चितवनको खैरहनीमा शाखा विस्तार गरेको छ । सोमबार चितवन जिल्लाको खैरहनी नगरपालिकावडा नं. ८ पर्सा बजारमा बैंकको १८९औं शाखा कार्यालय उद्घाटन गरिएको छ । पर्सा शाखा कार्यालयको खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले उद्घाटन गरेका हुन् ।

पर्सा शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । त्यस्तै गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा आप्mनो १८८ औं शाखा कार्यालयको रुपमा सञ्चालनमा ल्याएको छ । बैंकको चापागाउँ शाखा कार्यालयको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन उद्घाटन गरेका हुन् ।

बैंकको चापागाउँ शाखाकार्यालय समुद्घाटनकार्यक्रममाविभिन्न संघ संस्थाकाप्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवीलगायतठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । चापागाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवम् अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्