Logo
Logo

गण्डकी प्रदेशमा बुधबार सार्वजनिक बिदा



काठमाडौं । गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन बुधबार सार्वजनिक बिदा दिएको हो ।

तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय भएको थियो ।

वि.सं. १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको वि.सं. १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।

प्रतिक्रिया दिनुहोस्