
१. विभाजनको संघारमा पुगेको जसपाको एकैदिन छुट्टाछुट्टै स्थानमा बैठक, अध्यक्ष उपेन्द्र यादव पक्षको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षको काठमाडौंमा, भट्टराई पक्षको बैठक भोलि पनि बस्ने, यादव पक्षले बोलायो केन्द्रीय समिति बैठक ।

२. सरकारको एक वर्ष सन्तोषजनक रहेको नेपाली कांग्रेसको निष्कर्ष, सरकारको काममा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको प्रवक्ता डा प्रकाशशरण महतको भनाइ, नेपाल श्रीलंकाको अवस्थामा पुग्ने कुनै सम्भावना नभएको दाबी, भ्रष्टाचार घटेको अभिव्यक्ति ।

३. बजेट निर्माणको सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात दुई दिनभित्र उपलब्ध गराउन संसदीय विशेष समितिको निर्देशन, बिहीबार दिउँसो २ बजेभित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र कागजात बुझाउनुपर्ने ।

४. नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता, नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल, चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने माधवको भनाइ, दुई देशको सम्बन्ध सुमधुर हुने लिउको विश्वास, एसपीपी अस्वीकार गरेकोमा धन्यवाद ज्ञापन ।

५. अहिलेको सरकारलाई केपी ओली नेतृत्वको सरकारको शैली पछ्याउने छुट नभएको कांग्रेस नेता रामचन्द्र पौडेलको भनाइ, मूल्यवृद्धि नियान्त्रणको लागि सरकार सजक हुनुपर्ने अभिव्यक्ति, भ्रष्टाचार घटाउन अख्तियार दूरूपयोग अनुसन्धान आयोगलाई सक्रिय बनाउनु पर्ने सुझाव, स्थायित्वको लािग अठबन्धन आवश्यक भएको ठहर ।

६. काठमाडौं उपत्यकामा अनलाइनबाट फोटोसहितको मतदाता नामावली दर्ता सुरु, निर्वाचन आयोगको वेबसाइटमा गएर नाम दर्ता गराउन सकिने, कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने ।

७. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सीसीपीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता, नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा आएको बदलाबबारे कुराकानी, मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउन चाहन्छ भएको लिउको भनाइ, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता, चीनसँग सम्बन्ध निरन्तर रहने ओलीको अभिव्यक्ति ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११.६८ अंकले उकालो लागेर एक हजार ९२७.२८ पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.०९ अंकले बढेर ३६८.९५ मा कायम, २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँमा खरिद बिक्री, १३ वटै उपसमूहको शेयर मूल्यमा बृद्धि ।

९.द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मद र इरिट्रियाका राष्ट्रपति इसियास अफवेर्कोबीच सात बुँदे सहमति, जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि, भारतमा हुन लागेको राष्ट्रपतिय निर्वाचनमा शिव सेनाले राष्ट्रपतिकी उम्मेदवार द्रौपदी मुर्मूलाई सघाउने, चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाका केही ठाउँमा इन्धन र ग्यास वितरण ।

१०. क्रिकेट एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको ‘नेपाल टी–२०’ लिगलाई विश्व क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा मान्यता, प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौंमा हुने, आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल नामिबियासँग पराजित, अंक तालिकामा छैटौं स्थानमा ।












