Logo
Logo

सुटिङमा लटपट, साउनमा खटपट, साउनमै किन डिभोर्स ?


एमपी सुब्बा


एमपी सुब्बा

यो संयोग नै भन्नुपर्छ, यहाँ अधिकांश सेलिब्रेटीको प्र्रेम एवं बैवाहिकसम्बन्ध साउन महिनामा ‘खतरा’मा पर्ने गर्छ । करिब डेढ दर्जन नेपाली सेलिब्रेटी जोडीको घरबार भत्किएको छ यहाँ, जो अधिकांश साउन महिना वा त्यस वरीपरी नै भएका छन् । पछिल्लो उदाहरण हुन्, फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल ।

नारी महिमासँग जोडिएको साउन महिना सुरु हुनै लाग्दा छविराज र शिल्पाको बैवाहिकसम्बन्धमा खटपट भएको समाचार बाहिरियो । अन्ततः उनीहरुको घरायसी अन्र्तद्वन्द्व मिडिया हुँदै जिल्ला अदालतसम्म पुग्यो । शिल्पाले छविराजसँग तीन वर्षे बैवाहिकसम्बन्ध अन्त्य गर्न काठमाडौं जिल्ला अदालतमा निवेदन पेस गरेकी छन् । जुन साउनमै भएको छ ।

एक दशकसम्म औपचारिकरुपमा विवाह नगरी ‘श्रीमान–श्रीमति’का रुपमा बसेका छविराज र रेखाले आफूहरुबीच बैचारिक अन्र्तद्वन्द्व बढ्दै गएपछि ‘अलग’ हुने निर्णय गर्दा अहिलेजस्तै सांगीतिक बजारमा तीजको रौनकता छाइरहेको थियो । यो संयोगमात्रै हुनसक्छ कि शिल्पाले छविराजसँग अलग हुने सोच बनाइरहँदा पनि सांगीतिक बजारमा तीज गीतकै माहोल छ ।

छविराज र शिल्पाको आन्तरिक घटना एक उदाहरण मात्र हुन् किनकि, यसअघि जतिपनि नेपाली सेलिब्रेटीका घरबार भत्किएका छन्, ती परिघटना साउनमै भएका छन् । निर्माता छविराजकै कुरा गर्दा अभिनेत्री रेखा थापासँग पनि साउनमै १० वर्षे ‘लिभिङ दुगेदर’मा ‘ब्र्र्र्रेक’ लागेको थियो ।

एक दशकसम्म औपचारिकरुपमा विवाह नगरी ‘श्रीमान–श्रीमति’का रुपमा बसेका छविराज र रेखाले आफूहरुबीच बैचारिक अन्र्तद्वन्द्व बढ्दै गएपछि ‘अलग’ हुने निर्णय गर्दा अहिलेजस्तै सांगीतिक बजारमा तीजको रौनकता छाइरहेको थियो । यो संयोगमात्रै हुनसक्छ कि शिल्पाले छविराजसँग अलग हुने सोच बनाइरहँदा पनि सांगीतिक बजारमा तीज गीतकै माहोल छ ।

तीज अर्थात हरितालिका पर्व, नेपाली नारीका लागि महान पर्व हो । साउन ‘नारी महिमा’सँग जोडिएको महिना हो, जो विवाहितहरु पतिको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै भगवान शिवजीको व्रत बस्ने गर्छन् । त्यस्तै, अविवाहित महिलाले आफूले चाहेजस्तै ‘वर’ पाऊँ भन्दै साउन महिनाभरी मठ–मन्दिर धाउने र भगवान शिवजीको व्रत बस्ने गर्छन् । त्यसैले तीजलाई धार्मिक आस्थाको पर्वका रुपमा समेत लिइन्छ । तर, यही पतिव्रता महिनाको गरिमा बोकेको साउन सेलिब्रेटीका लागि ‘भेल’ बन्ने गरेको छ । त्यो साउने भेलले धेरै सेलिब्रेटीका ‘घरबार’ भत्काइ पनि दिएको छ ।

अभिनेता भुवन केसीका दुई श्रीमति हुन् । पहिलो श्रीमति विजयासँग औपचारिकरुपमा सम्बन्धविच्छेद नगरी भुवनले अभिनेत्री सुस्मिता बम्जनसँग विवाह गरेका थिए । तर, उनीहरुको वैवाहिकसम्बन्ध लामो मसय टिक्न सकेन । भुवन र सुस्मिताको आन्तरिक अन्र्तद्वन्द्व छविराज र शिल्पाजस्तै मिल्दोजुल्दो थियो । जो उमेर अन्तर ‘कारक’ बनेको थियो । र, उनीहरुले सम्बन्धविच्छेद गर्ने निर्णण गरे । त्यो समय साउन महिना नै थियो । त्यतिखेर भुवन–सुस्मिताबारे मिडियाले लेखेका थिए, ‘पतिको व्रत बस्ने बेलामा सुस्मिता अलगिइन्’ ।

त्यस्तै, अभिनेत्री सञ्चिता लुइँटेल र अभिनेता निखिल उप्रेतीको सम्बन्धविच्छेदको प्रशंग पनि साउनमै सुरु भएको थियो । तर, उनीहरुले भदौ लागेपछि औपचारिकरुपमा सम्बन्धविच्छेद गरे । निखिलले पहिलो पत्नी कोपिला उप्रेती हुँदाहुँदै सञ्चितालाई अपनाएका थिए । निखिल र सञ्चिताको एक छोरो र एक छोरी छन् ।

अर्को, साउन महिनामै सम्बन्धविच्छेद गर्ने नेपाली कलाकार हुन्, अभिनेता शिव श्रेष्ठ । उनले गंगा श्रेष्ठसँग दुई दशकभन्दा लामो सम्बन्ध तोडेपछि कान्छी भित्राएकी हुन् । शिव र गंगाबीच साउन महिनामै सम्बन्धविच्छेद भएको जानकारहरु बताउँछन् ।

यहाँ फिल्मी कलाकारको मात्र होइन, गायन क्षेत्रका कलाकारको पनि वैवाहिकसम्बन्ध मजबुत पाइँदैन । उनीहरुसँग प्रेम, रोमान्स र विवाह अनि सम्बन्धविच्छेद सँगसँगै हुन्छ ।

नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा चर्चित बनेको सम्बधविच्छद हो, गायिका अञ्जु पन्त र गायक तथा संगीतकार मनोराजबीचको सम्बन्धविच्छेद । नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका अञ्जु र गायक मनोजराजले साउन महिनामै सम्बन्धविच्छेद गरेका थिए । अञ्जुले श्रीमान मनारेजराजको खराब आचारणका कारण सम्बन्ध विश्राम गरेको बताउँदै आएकी छन् । उनीहरुका एक छोरी हुर्किसकेकी छन् भने अहिले अञ्जु र मनोजबीच सांगीतिक रुपमा भने साथी छन्, छविराज र रेखा जस्तै ।

एक किसिमले भन्ने हो भने नेपाली कलाकारको ९० प्रतिशत बैवाहिकसम्बन्ध टुटेको पाइन्छ । हुन त बलिउड र हलिउडमा पनि यही समस्या छ । तर, अझ बढी नेपाली कलाकारमा देखिन्छ । नेपाली कलाकारको प्रेम र वैवाहिकसम्बन्धबारे एउटा भनाइ चर्चित बन्दै गएको छ, ‘सुटिङमा लटपट, साउनमा खटपट’

पुराना अभिनत्रीहरु मौसमी मल्ल, गौरी मल्ल, सृजना बस्नेत, रुपा राना, रञ्जना शर्मा, सौजन्य सुब्बाहरु बैबाहिक जीवन नटिकेपछि अहिले एकल जीवन बिताइरहेका छन् । पूर्वमिस नेपाल एवं अभिनेत्री झरना बज्रचार्य, रीमा विश्कर्मा र अभिनेत्री प्रियंका कार्कीले वैवाहिक जीवनमा ‘ब्रेक’ लगाएका छन् । तीमध्ये अभिनेत्री प्रियंकाले भने पछिल्लो समय अभिनेता आयुषमान जोशीसँग नयाँ सम्बन्ध जोड्नेक्रममा छिन् ।

सेलिब्रेटीको प्रेम, विवाह र डिभोर्स, एकदमै नितान्त व्यक्तिगत मामिला हो । तर, सेलीब्रेटीका गतिविधिप्रति मिडियाको नजर संसारमै हुनेगर्छ । यस्तै, नेपालमा पनि सेलिब्रेटीहरुको विवाह र डिभोर्सले पटक–पटक चर्चा पाउने गरेको छ । सम्भवतः कलाकार सबैभन्दा बढी चर्चामा आउने कारण विवाह र डिभोर्स नै हो ।

प्रतिक्रिया दिनुहोस्