Logo
Logo

अधिकारीसँग बयान सकियो, कागजात दिन मानेनन्


16.8k
Shares

काठमाडौं । पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित छानबिन समितिले नेपाल वायु सेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग लिखित बयान लिएको छ । भोलि शुक्रबार सर्वोच्च अदालतमा बुझाउन हिजो र आज अधिकारीसँग लिखित बयान लिइएको हो ।

छानबिन समितिले अधिकारीसँग लिएको लिखित बयानको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरिने मन्त्रालय स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार अधिकारीले कुनै पनि सम्झौताको कागजात समितिसमक्ष बुझाउन अस्वीकार गरेका छन् ।

समितिले प्यासेन्जर सर्भिस सिस्टम पिएसएसको ठेक्का टर्कीको एचआइटीआइटी सँग गरेको सम्झौता, इजरायलको एरो स्पेससँग गरेको ईन्जिन मर्मतको सम्झौता, पोखरा–जोमसोम चार्टर्ड फ्लाइट निजी ट्राभल एजेन्सीलाई दिँदा ५ प्रतिशत कमिसनको सम्झौता र अन्य कागजात दिन अधिकारीले नमानेका हुन् ।

पोखरा–जोमसोम चार्टर्ड फ्लाइट सम्झौताको बुँदा नं. ५ माा कमिशनको कुरा उल्लेख गरिएको छ ।
एचआइटीआइटीसँग गरिएको सम्झौता

प्रतिक्रिया दिनुहोस्