Logo
Logo

प्रेमीसंग विहे गर्न भागेकी २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार



कञ्चनपुर । कञ्चनपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कारको गरेको आरोपमा सशस्त्र प्रहरीका जवानसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बलात्कारको आरोपमा बिओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरीका जवान यमप्रसाद जैशीसहित पुनर्वास नगरपालिका–९ का सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार असार २३ गते राति ती युवतीमाथि सामुहिक बलात्कार भएको हो । सुशील बिष्ट र युवतीको प्रेम सम्बन्ध रहेको र सुशीलले भागेर विहे गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्