Logo
Logo

सितोरियो करातेमा दिक्तेल डोजो प्रथम



खोटाङ । दिक्तेलमा आयोजित १३औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएको छ ।

नेपाल सितोरियो कराते सङ्घ खोटाङले आयोजना गरेको प्रतियोगितामा १३ स्वर्ण, १० रजत र १३ कास्य पदकसहित दिक्तेल डोजोले प्रथम भएको हो ।

६ स्वर्ण, ८ रजत र १५ कास्यसहित हलेसी डोजो दोस्रो भएको छ । यस्तै ३ स्वर्ण, ३ रजत र १६ कास्य पदकसहित जालपा डोजोले तेस्रो स्थान प्राप्त गरेको सङ्घका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

कूल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगिताका वितेजालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथि हलेसी तुवाचुङका मेयर विमला राईले विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिन् ।

प्रतिस्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले बेष्ट फाइटरको उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्