Logo
Logo

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा



काठमाडौं । कर्णाली प्रदेश सरकारले आज साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले एक सूचना जारी गर्दै बिदा दिने जनाएको हो ।

साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको गत चैत्र २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्