Logo
Logo

खेलकुद मन्त्रीद्धारा बाँकेलाई साक्षर जिल्ला घोषणा



नेपालगन्ज । बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शनिबार एक कार्यक्रमकाबीच ६१औं साक्षर जिल्ला घोषणा गरेका हुन् ।

कार्यक्रममा गहतराजले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए । अब पूर्ण साक्षर बनाउन लाग्नुपर्ने उनको जोड छ ।

जसका लागि सबै पालिकाले आवश्यक बजेट विनियोजन गरी साक्षरता अभियान संचालन गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्