Logo
Logo

पत्रकार कुट्ने ७ जना पक्राउ



प्रतिकात्मक तस्वीर

चितवन । चितवनका पत्रार कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका ७ कर्मचारी पक्राउ परेका छन् ।

शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।

केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् ।

उनीहरुलाई कानुनअनुसार कारबाही गर्ने गरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।कुटिपिटबाट उनको हातमा चोट लागेको छ ।

आचार्यलाई ती कर्मचारीले कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनिकको कार्यालयसम्म लखेट्दै लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्