Logo
Logo

देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ,९ साउन ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन् । ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पु¥याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक अवरुद्ध छ ।

देशभर मंगलबार विभिन्न सडकका १७ मुख्य ठाउँमा सडक अवरुद्ध भएको थियो । गत शनिबार भने ६१ स्थानमा सडक अवरुद्ध थियो । वर्षापछिको बाढी र पहिरोबाट गत १ साउनमा महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, कान्तिपथलगायत दर्जन स्थानमा सडक अवरुद्ध भएकोमा त्यसको भोलिपल्ट २ साउनमा देशका विभिन्न ५३ स्थानमा सडक अवरुद्ध भएको थियो ।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले अवरुद्ध भएका सडकहरू छिटो खुलाउन निरन्तर रूपमा लागिरहेको बताए । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्