Logo
Logo

दोर्दी खोलामा बाढी : बगेका २ को सनाखत, बेपत्ताको खोजी कार्य जारी


- दृष्टि न्युज/संवाददाता


लमजुङ ,९ साउन ।

दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीले बगाएर ज्यान गुमाएका चार जनामध्ये दुई जनाको परिचय खुलेको छ ।

सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरीले जनाएको छ । उनीहरु निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएको छ ।

दोर्दी गाउँपालिकामा रहेको लिबर्टी जलविद्युत आयोजनाको बाँध भत्किएर बाढी आउँदा जलविद्युत आयोजनाका कामदारहरुलाई बाढीले बगाएको हो । बाढीले बगाएर ज्यान गुमाएका चार जनाको शव बुधबार बेलुका फेला परेको थियो ।

चार जनाको शव फेला परे पनि अन्य सात जनाको अवस्था अज्ञात छ । मृतक र वेपत्ता सबै पुरुष हुन् । बाढीमा परेर घाइते भएका ८ जनाको जिल्ला अपतालमा उपचार भैरहेको छ । ठूलो पहिरो आएर थुनिएको दोर्दी खोला एकैपटक खुलेपछि बाढी आएको अनुमान गरिएको छ ।

सुरक्षाकर्मीको टोलीले बिहीबार बिहानैबाट देखि वेपताहरुको खोजी कार्य गरीरहेको छ । बाढी ठूलो भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले कार्यलयलेजानकारी दिएकोछ ।

प्रतिक्रिया दिनुहोस्