Logo
Logo

सुनकोसीमा नयाँ पक्की पुल



एनटीभी ।

ओखलढुङ्गा । सिन्धुलीको फिक्कल र ओखलढुंगाको चम्पादेवी गाउँपालिका जोड्ने नवलपुरघाटस्थित सुनकोसी नदीमाथि पक्की पुल बनेको छ ।

गत वर्ष ढलान हुँदै गरेको पुल बाढीले भत्काइदिएपछि पुनः निर्माण गरिएको हो । २ सय १० मिटर लामो पुल २०७४ सालमा ठेक्का लागेको थियो ।

२३ करोड लागतमा सडक डिभिजन कार्यालय मार्फत् चुँदी कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनिले समयमै काम सम्पन्न गरेकाे कार्यालयले जनाएकाे छ ।

पुल बनेपछि चम्पादेवी र लिखुका बासिन्दालाई राष्ट्रिय राजमार्गसँग जोडिएर आवतजावत गर्न सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्