Logo
Logo

‘बर्थिङ सेन्टर’ १ हप्तादेखि बन्द, महिलाले स्टेचरमै जन्माइन् शिशु



कालिकोट । नरहरिनाथ गाउँपालिका–६ माल्कोटस्थित स्वास्थ्यचौकी बन्द हप्तादिनदेखि बन्द छ ।

पालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा स्वास्थ्यचौकी बन्द भएको हो । स्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको स्थानीय रामबहादुर बटालाले गुनासो गरे ।

स्वास्थ्यकर्मी नहुँदा सोमबार एक महिलाले स्टेचरमा बच्चा जन्माएकी छन् । उनी बेथा लागेको ४ घण्टासम्म स्वास्थ्यचौकी बाहिर बसेकी थिइन् । करारका स्वास्थ्यकर्मी हटेपछि ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले बताए ।

‘दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । त्यसले सुत्केरीले ४ घण्टासम्म बाहिरै बस्नुपरेको हो ।’ पालिकाले बिदा गरेका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएकोे उनले बताए ।

आमा तथा नवशिशुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्