Logo
Logo

सार्वजनिक यातायात सुदूरपश्चिमको अध्यक्षमा खलौला


- दृष्टि न्युज/संवाददाता


धनगढी । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम भेला तथा अधिबेशनमा भएको चुनावी प्रतिष्पर्धामा दिलबहादुर खलौला अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

हालै सम्पन्न अधिवेशनमा अन्य पदहरुमा निर्विरोध भएपनि अध्यक्ष र बरिष्ठ उपाध्यक्षका लागि निर्वाचिन भएको थियो । अध्यक्ष पदका प्रत्यासी दिलबहादुर खलौलाले १२ मत, जयबहादुर खड्काले ९ मत र अर्का प्रत्यासी मिनबहादुर भण्डारीले ९ मत प्राप्त गरेका थिए ।

यस्तै बरिष्ठ उपाध्यक्ष पदका लागि खप्तड मालिका यातायात प्रालिका सचिव नरेश भट्ट र मालिका यातायात प्रालिका कोषाध्यक्ष मोहन नाथयोगीबीच भएको चुनावी प्रतिष्पर्धामा नरेश भट्टले १५ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिष्पर्धी मोहननाथ योगीले १२ मत प्राप्त गरेका छन् । अन्य १५ वटा सदस्यलगायतका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्