Logo
Logo

पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी


882
Shares

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

पर्यटन क्षेत्रको सुधारका लागि सरका् गम्भीर रहेको उनको भनाइ छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले सरोकारवालाले दिएका सुझावका आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताए ।

‘चाँडै उक्त कार्यक्रम घोषणा गर्ने मन्त्रालयको तयारी छ,’ उनले भने, ‘जसले पर्यटन क्षेत्रको सुधार र पुनरुत्थापनमा उल्लेखिय भुमिका खेल्ने छ ।’ पुनरुत्थान कार्यक्रमले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र प्रवद्र्धन हुने दाबी गरे ।

कोभिड महाकारीका कारण पर्यटन क्षेत्रमा आएको सिथिलता एवम् कठिनाइका बाबजुत पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पु¥याएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्