Logo
Logo

चेम्बर र साउदी राजदुत सुलिमानबीच लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धिका विषयमा छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र साउदी अरेबियाका राजदुत मसियद बिन सुलिमानसँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्किा विषयमा छलफल भएको छ । चेम्बर अफ कमर्शको सचिवालय जमलमा हिजो बुधबार भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ एवं सुदृढ कायम गर्नका लागि भूमिका खेल्न सुलिमानलाई आग्रह गरे ।

उनले दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरुले सम्भावना पहिचान गर्नुपर्ने कुरामा जोड दिए । उनले आर्थिक उन्नतीको लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, बैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागू भइसकेको जानकारी दिँदै नेपालमा व्यवसाय एंव लगानीको उपयुक्त वातावरण भएको बताए । अध्यक्ष श्रेष्ठले सन् २०२० फेब्रुअरी २५ देखि २९मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरबीयाबाट समेत सहभागिताको लागि अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपालका लागि साउदी अरबियाका राजदुत मसियद बिन सुलिमानले साउदी अरेयिबा र नेपाल चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एंव आपसी सुमधुर सम्बन्ध, गराउन सकिने बताए । उनले व्यापार र पर्यटन विकासका लागि चेम्बरले भूमिका खेल्नुपर्ने बताउँदै दुई देशका उद्यमी व्यवसायीबीचमा द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरुले सम्भावना पहिचान गर्नसक्ने बताए ।

साउदी अरबिया नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । वास्तवमा भन्ने हो भने साउदीमा १२ दशमलब ९ प्रतिशत नागरिक बेरोजगार रहेकोले निजी क्षेत्रका स–साना कम्पनीमा समेत साउदी नागरिकलाई अनिवार्य रोजगार दिनुपर्ने नीति लिएको छ । आगामी २५ वर्षपछि झन्डै एक करोड साउदी नागरिकले अवकाश पाउने स्थिति रहेकाले सामाजिक सुरक्षा साउदीमा ठूलो चुनौती बनेको छ । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्शका उच्च पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्