Logo
Logo

ललितपुर महानगरपालिकामा नबिल बैंकको एटिएम सञ्चालन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एटिएम जडान गरी सेवा प्रारम्भ गरेको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा उक्त एटिएमको उद्घाटन गरेका थिए । स्थानीय बासिन्दाहरुको सुविधाको लागि नबिल बैंकले यससँगै बैंकको एटिएम सञ्जाल काठमाडौं उपत्यकाभित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा गरी कुल संख्या १३८ पुगेको छ । भिषाकार्ड, माष्टरकार्ड, युनियन पेकार्ड र एससिटी (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबाट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्नुहुनेछ ।

बैंकका अध्यक्ष पौड्यालले नयाँ एटिएमको उद्घाटन गर्दै भने ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र बिस्तार गर्ने प्रतिबद्धता अनुरुप १३८औं एटिएम थप गर्दा खुशी लागेको भन्दै व्यावसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ आवश्यक्ता घरदैलोमै परिपूर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहनेछ ।’

कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले, ‘नबिल बैंकले एस महानगरपालिका परिसरमा जडान गरेको एटिएमले महानगरपालिकका सेवाग्रही तथा कर्मचारीलाई आफ्नो आर्थिक कारोबार गर्न धेरै सहयोग पु¥याउने बताए ।

नबिल बैंकले ७९ वटा शाखा, १३८ वटा एटिएमहरुको विशाल संरचना र पन्ध्र सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापीरुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरुसँगै अघि बढ्ने विश्वास राखेको छ ।

प्रतिक्रिया दिनुहोस्