Logo
Logo

कुमारी बैंकको सारथीसँग सहकार्य सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुमारी बैंक लिमिटेडले देशकै सबभन्दा व्यापक रूपमा परिचित ट्याक्सी सेवा प्रदायक कम्पनी, सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सहसंस्थापक रवि सिंघलले हस्ताक्षर गरेका छन् ।


उक्त सहकार्यपश्चात् सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगोअंकित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकरमार्फत ब्रान्डिङ गरिनेछ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडि युनिक क्यूआर कोड अंकित हुनेछ, जसमार्फत सम्पूर्ण ग्राहकवर्गहरुले भौतिक नगदरहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् । सोही सहकार्यपश्चात् कुमारी बैंकले पुनः अत्याधुनिक मञ्चबाट ब्रान्डिङ तथा प्राचारिक नवीकरणमा केन्द्रित भएको संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

विगत १८ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदँ आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा सञ्जाल, ९० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्